हिन्दू जागरण नेपालको उद्देश्य


धर्म परिवर्तन मुक्त नेपाल , जातीय छुवाछूत मुक्त नेपाल एवं सनातन हिन्दु राष्ट्र नेपाल निर्माणार्थ नेपालीहरूमा बीच भइरहेको आक्रामक धर्मान्तरण (धर्म–परिवर्तन)का विरुद्ध नेपालभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूलाई गोलबन्द गर्ने र परम्परागत हिन्दू–धर्म र संस्कृतिको ज्ञान दिने ।

 

हिन्दू जागरण नेपालको सह–उद्देश्य

 

  • नेपालका सबै परम्परागत धर्म, संस्कृति र असल सामाजिकहरूका बारेमा जनचेतना जगाउने ।

  •  

  • नेपालका परम्परागत धर्म र संस्कृतिहरू बीच समन्वय कायम गर्ने र सहकार्य गर्ने ।

  •  

  • नेपाली युवावर्गलाई आफ्नो परम्परागत धर्म–संस्कृतिमा गौरव गर्न सक्ने वातावारण सृजना गर्ने ।

  •  

  • धर्मपलायनबाट रोक्न नेपाली युवाहरूलाई सीपमूलक तालिमको दिने र स्वरोजगारको न्यूनतम ब्यवस्था मिलाउन समस्त सरोकारवाला संग सहकार्य गर्ने ।

  •  

  • पुस्तक प्रकाशन, अनुसन्धान, आम–सभा, प्रशिक्षण, गोष्ठी, इन्टरनेटका सामाजिक–संजाल, रेडियो–टेलिभिजन जस्ता माध्यमहरूबाट स्वधर्मको प्रवर्धन र धर्म–परिवर्तनका विरुद्ध सशक्त दवाव सीर्जना गर्ने र यसका लागि गाउँ–गाउँमा संजाल विस्तार गरिने ।

  •  

  • नेपालका हिन्दू धर्मालम्बीहरूका साथै बौद्ध, किराँत, बोन्पो वा जुनसुकै नेपालीले प्रलोभनमा परेर धर्म–परिवर्तन गरेको भएपनि निजलाई आफ्नो स्वधर्ममा स–सम्मान फर्कन प्रेरित गर्ने र फर्केको अवस्थामा आफ्नो समुदायमा स्थापित हुन मद्दत गर्ने ।

  •  

  • हरेक नेपालीलाई गरिबीका कारण धर्म–परिवर्तन गर्न नपरोस् भनेर निज र निजका परिवारका लागि निःशुल्क शिक्षा र स्वस्स्थ्य सेवाको ब्यबस्था गर्न सरकारलाई दवाव दिने र ‘हिजाने’को नेतृत्वमा हरेक गाविसमा यसका लागि स्थानीय कोष कायम गर्न पहल गरिने ।

  •  

  • उपरोक्त उद्देश्य प्राप्ति गर्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियतहका मित्रशक्तिहरूको पहिचान गरि सहकार्य गर्ने ।

  •  

  • हिन्दू धर्म र संस्कृतिको तेजोवध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, यस्तो काममा लागेका शक्तिहरूको पहिचान गरी निजहरु उपर न्यायिक उपचार गरिने ।

  •  

  • उपरोक्त क्रियाकलाप बाहेक हिन्दूत्वको संरक्षण, सम्वर्धन र गौरवको रक्षाका लागि राजनैतिक ‘धर्म–निरपेक्षता’ का सवालमा हिन्दूहरूको अभिमत प्राप्त गर्न राजनैतिक दलहरूलाई दवाव दिने र यसका लागि नेपालका अन्य परम्परागत धार्मिक समुदायहरूसँग सहकार्य गर्ने ।

  •