यहि कार्तिक ८ गते सुमार्गी भवन पशुपतिक्षेत्र काठमाडौंमा हुन गइरहेको धार्मिक महागठबन्धन स्वरूप कथा व्यास सम्मेलन हुँदैछ छ, सो कार्यक्रममा सहभागी हुनको लागि नेपालभरि रहनु भएका सम्पुर्ण कथाब्यासज्युहरु लाई आमंत्रित गर्द्छौ ।

आज हाम्रो सनातन धर्मलाई तथानाम गालि गर्नकै लागि सङ्गठन खोलेर हामिलाई शरणार्थी भनेर सामाजिक सन्जालमा व्यापक भनिरँहदा समेत त्यस्ता संस्था माथी प्रतिबन्ध लगाउनु र कारवाही गर्न त परै जाओस् । उल्टै यस्ता संस्थाले कार्यक्रम गर्दा सुरक्षा प्रदान गरेको देखिएको छ ।

के हामी यिनिहरुको गाली खाने भाँडो हो ?
के यिनिहरुको हामी गुलाम हो ?
को हुन् यिनिहरु ?

जब आबश्यक थियो युद्ध गर्न, त्यो बेलामा तिनका पुर्वजले पुच्छर लुकाएर भागे या त्वं शरणम् भनेर स्वीकार गरे ।अहिले आएर सयौँ चोटि सार्वजनिक क्षेत्रमा गाली गर्दा के हामिले सुन्नु पर्ने हो ?बहस नै गर्नु छ भने पनि सभ्य तरीकाले गर्न सकिन्न थ्यो र !

यता यस्ता असामाजिक र द्वन्द्व गराउने कार्य भैरहेको छ भने यता हामी चै अरुको कल्याणको र निजि स्वार्थको कारणमा अल्झिएर बस्नु के यहि हो तपाइको धार्मिकता ?यस्ता कायरताको पाठ सिकाउने तपाइँको धार्मिकता हो भने यस्ता सन्देश वीरभोग्या वसुन्धरा , शठे शाठ्यं समाचरेत् को सन्देश दिने धार्मिकता सङ्ग मेल खाँदैन । बन्द गर्नुहोस् यस्ता असामयिक सन्देस दिन ।

आफ्नु पहिचान गुम्दै गएको हेर्नू यहि कल्याण हो ? यहि धार्मिकता हो ? स्वधर्ममा वैदेशिक आक्रमण भएको देख्दादेख्दै साङ्गठनिकरुपमा सशक्त प्रतिकार गर्न नसक्ने र साङ्गठनिकरुपमा जोडिन नचाहनेले धर्मलाई दुहुनो गाई बनाएर दोएको पटक्कै जिउदो धार्मिक मान्छेलाई पटक्कै पच्दैन ।

घरमा आगो लागेको बेलामा अरुकोकल्याणको नाम लिएर हिडिन्छ कि आगो निभाउने ब्यबस्था गरिन्छ ?
आफै सोच्नुहोस् ।विज्ञेषु किमधिकम् ।

त्यसैले मौका यहि हो । यो एउटा महान अवसर हो ।धार्मिक महागठबन्धनमा हामी नछुटौँ । अरुलाई पनि प्रेरणा दिउँ । धर्म र देश रहेमा हामी सुरक्षित रहन्छौ ।

आउनुहोस् सम्पूर्ण कथाव्यासहरु …..
साङ्गठनिक महायज्ञमा होमिनुहोस् ।

 

स्थान : सुमार्गी भवन,श्री पशुपतिनाथ मंदिर परिसर

हिन्दु जागरण नेपाल

सम्पर्क : ०१६२२३३५२ , ९८४१५२१६०९ , ९८४५१४९५६७, ९८४१३८३७५६

Leave a Comment