फाल्गुनान्द जयन्ति – कार्तिक २५ गते
यूग पुरुषहरुको आगमनका लागि यथेष्ट समय लाग्दछ, एउटा कालमा एकजना मात्र यूग पुरुष या यूग महिलाको जन्म हुने गर्दछ भन्ने मान्यता छ । यस्ता महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा यूगौँ यूगसम्म समाजलाई सकारात्मक पथ तर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति को तथ्य अनि इतिहास हरु हामी उजागर गर्न जाँदैछौं ।सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ बनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ । यसै कारण ले पनि हो आज सैयौ बर्षपछि पनि किराँत समुदायमा गुरु फाल्गुनन्दको काम अनि यश को गुनगान गाइने गरिन्छ, झापा जिल्लाको शान्तिनगर १ तिमाई मा गुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा स्थापित गरिएको छ ।आजको दिन त्यहाँ बिभिन्न कार्यक्रम अनि सभा गरेर समारोह आयोजना गरिन्छ । त्यस्तै दमक, झापा, ईलाम, ताप्लेजुगं अनि पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई नेपाल सरकारले फाल्गुनान्द राजमार्गका रुपमा निर्माण बिकास थालनी गरेको छ । त्यसै गरि पूर्वी नेपालमा फाल्गुनन्द कप फुटवल प्रतियोगीता पनि आयोजना हुने गरेको छ । पाचथर जिल्लाको फिदिम मा यस फुटवल प्रतियोगीता हरेक बर्ष आयोजना गरिन्छ । प्रेम र अहिंसा का अनुयायी गुरु फाल्गुनन्द को तस्वीर राखेर सन् १९९३ पर्यन्त नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।नेपालमा मात्र नभईकन सारा संसारभरि फैलिएका किराँत समुदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन्, विशेषत नेपाल, भुटान, भारत लगायतका ठाँउमा वहाँको नाम वडो गौरवकासाथ लिईन्छ ।किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेन नेपालका एकजना वहुचर्चित गुरु, सत्यवक्ता र साधु हुनुहुन्छ । वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरु मा सत्यमार्ग देखाउने गर्दछ । यिनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ति मनाईन्छ ।वहाँको दिव्य वचन अनि ज्ञानलाई आत्मसाथ गर्दै बिसं २०७० मा प्रथम पटक नेपालमा लिम्बु सम्मेलन आयोजना गरिएको थियो । आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम् ” मूल नाराका साथ सम्पन्न यस सम्मेलनले लिम्बूहरुलाई प्रथम पटक अन्तर्राष्ट्रिय स्तरमा संस्थागत र संगठित हुने वातावरण सिर्जना हुनुका साथै लिम्बू, लिम्बुवान र पहिचान सम्बन्धी विश्वव्यापी रुपमा सामूहिक दृष्टिकोण निर्माण गर्ने र विभिन्न विषयहरुमा साझा बुझाई निर्माण गर्ने लक्ष्य लिइएको थियो । वहाँका अहिंसाका सिद्धान्तहरु उदहारणीय रहेका छन् ।