हाम्रो बारेमा

संघे शक्ति कलौ युगे

नेपाल र नेपालीको पहिचान भनेकै नेपालि संस्कृति , नेपालि परम्परा , मौलिक धर्म , शास्त्रीय संस्कार, मौलिक भेषभूषा , खानपान रहनसहन आदि नै हो . यसको आचरणले नेपालीहरुको मात्र नभई विश्वका जुनसुकै व्यक्तिले पनि जीवनमा स्वस्थ र शान्त जीवन बनाउन सक्छ . आज यो पहिचानलाई निर्मूल पार्नको लागि केहि बिधर्मिहरु कम्मर कसेर लागिपरेका छन् . उनीहरुको इच्छा नै यो देशको संस्कृति सभ्यतालाई निर्मूल पारेर आफ्नु गुलाम बनाउन नै खोजेको स्पस्ट देखिन्छ . कतिपयले यो षडयन्त्र लाइ बुझ्न नसकेर या बिधर्मिले दिएको चारा खाएर आफ्नै…

  थप पढ्नुहोस्
हाम्रो भिजन
हाम्रो मिशन

हाम्रो बारेमा

नेपाल र नेपालीको पहिचान भनेकै नेपालि संस्कृति , नेपालि परम्परा , मौलिक धर्म , शास्त्रीय संस्कार, मौलिक भेषभूषा , खानपान रहनसहन आदि नै हो . यसको आचरणले नेपालीहरुको मात्र नभई विश्वका जुनसुकै व्यक्तिले पनि जीवनमा स्वस्थ र शान्त जीवन बनाउन सक्छ . आज यो पहिचानलाई निर्मूल पार्नको लागि केहि बिधर्मिहरु कम्मर कसेर लागिपरेका छन् . उनीहरुको इच्छा नै यो देशको संस्कृति सभ्यतालाई निर्मूल पारेर आफ्नु गुलाम बनाउन नै खोजेको स्पस्ट देखिन्छ . कतिपयले यो षडयन्त्र लाइ बुझ्न नसकेर या बिधर्मिले दिएको चारा खाएर आफ्नै कुल परम्परामा आघात पुर्याइरहेका छन् . कुलघात देशघात जनघात गरिरहेका छन् . यस्तो परिवेश देखेर कहिले बिभिन्न संघ संस्था मार्फत जनचेतना जगाउने प्रयास गरेको भए तापनि पूर्णतया सफल हुन् सकिरहेको छैन .

एकातिर बिधर्मिहरु राजनीतिको आड लिएर जनबल धनबललाइ माध्यम बनाएर चलखेल गरिरहेका छन् भने सनातानिहरु असंगठित भएको कारणले बिधर्मिलाई मौका पनि दिइरहेको देखिन्छ . कसैकसैले पार्टी नै खोलेर धर्म संरक्षण गर्छु भनेर हिडेका पनि कतै कतै चुकेको देखिन्छ . राजनीति गर्नेहरुले सनातनिहरु असंगठित भएको फाइदा लिइरहेका छन् भने धर्मपरायण व्यक्ति दिनानुदिन प्रताडित हुनु पर्ने अवस्था देखिदै गएको छ . यसलाई विश्वास गर्ने भनेर जनता रणभुल्ल भइरहेका छन् .

आखिर बिश्वास गर्ने कसलाई ?

हामि धर्म रक्षा गर्छौं भनेर मंचमा ठूलो स्वरले आश्वासन दिनेहरु पनि आखिर सबैले देखेकै हुन् .

प्रसिद्ध संस्थामा बसेर हामीले के के न गरिरहेका छौं भनेर पनि हामीलाई रनभुल्ल पार्ने पनि देखेकै हौँ .

हामि त धर्म रक्षा गर्ने पार्टी हौँ भनेर भनिनेहरुको पनि भूमिका देखेकै हौँ .

त्यसैले अब कसको नेतृत्वमा सनातानको रक्षा हुन सक्ला ? भन्ने व्यापक बिचार परामर्श पछी अब अलग अलग शक्ति बनेर हैन अपितु समग्र शक्ति एकस्थानमा जुटेर देश र धर्मको रक्षा गर्नु पर्छ भन्ने भावनाले नै होंदु जागरण नेपाल को जन्म भएको हो . बिक्रम संवत २०७१ मा यो संस्था जिल्ला प्रशासन कार्यालय काठमान्डौमा दर्ता गरेर हाल सम्म संचालित छ .

हाम्रो बारेमा | हाम्रो मिशन

देश भरि मात्र नभई मौलिक धर्म प्रति बिश्वास गर्ने , स्वधर्ममा निष्ठा भएका र नेपाल प्रति गौरव गर्ने जो जो जहाँ जहा विश्वमा हुनुहुन्छ . उहाहरुलाई संगठित बनाएर लैजानु नै हो . 

यस पवित्र कार्यमा सबैको सहभागिताको लागि आह्वान गर्दछौं . 

हाम्रो बारेमा | हाम्रो भिजन

एक अर्काका पुरक भएर सनातन हिन्दुराष्ट्र नेपाल निर्माण गर्नु हाम्रो मुख्य उद्देश्य हो .

  हाम्रो धर्म हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ .

हाम्रो समूह

हाम्रो समूहलाई चिन्नुहोस्

राम प्रसाद

वरिष्ठ गुरु

प्रवचनमा दशकौंको अनुभवको साथ, प्रवचनमा विशेषज्ञता अमूल्य छ, र तिनीहरूको मार्गदर्शन अनगिन्ती सफल परियोजनाहरूमा सहायक भएको छ। तिनीहरूको ऊर्जावान बोलीको लागि परिचित, तिनीहरू धेरैका लागि एक सल्लाहकार र सबैका लागि ज्ञानको भरपर्दो स्रोत हुन्।
कृष्ण मुरारी

गुरु

हरि कृष्ण

स्वामी रामानन्द