हिन्दु जागरण नेपाललको प्रकाशित पुस्तिकाहरू

हिन्दु जागरण नेपाललको प्रकाशित पुस्तिकाहरू

 

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्, कीर्ति रहोस्, मुक्ति होस्, सुखशान्ति मिलोस् भनी विभिन्न लक्ष्यले मूर्ति स्थापना गरिन्छ । देवीदेवता, युगपुरुष, महापुरुषहरूको मूर्ति बनाइन्छ ।

पितापुर्खा, वीर, शहिद वा विशिष्टजनको शालिक बनाइन्छ । मन्त्र, तन्त्र वा भावपूर्ण पुकारअनुसार मूर्तिले शक्ति, ऊर्जा, आशीर्वाद हस्तान्तरण गर्छ । शालिकले अग्रजको याद दिलाउँछ, स्वरुपलाई जीवन्त राख्छ । परमात्मा वा अदृश्य देवीदेवतालाई बुझाउन मूर्तिको विम्बले सहयोग गर्दछ । अनुष्ठान र चिन्तन गर्नेलाई मूर्तिको ऊर्जाले प्रेरणा, साथ, मार्गदर्शन दिन्छ ।

ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्बिर) ‘शिवलिङ्ग’ हो । ढुड्डाले राम्रो आवाज दिने, ढुड्डाहरू बोलिरहेका, ढुड्डाले यज्ञको हविलाई देवताभन्दा पहिले प्राप्त गर्ने चर्चा वेदमा छ । यी विशेषता, शक्ति र कार्य गर्ने गुण भएकाले मूर्ति बन्ने पहिलो सौभाग्य ढुड्डालाई मिल्यो । दु:ख, खराब विचारलाई हटाएर यहाँ चढाइएका दूधलाई औषधि बनाइदिने हुँदा ढुड्डाबाट शिवलिड्ड, मूर्ति र शालिकहरु निर्माण गरियो ।

लिंगानि कल्पयित्वैवं स्वाधिकारानुरूपत: ।

विश्वकर्मा ददौ तेषां नियोगाद् ब्रम्हण: प्रभो: ।। – लिंग पुराण, (पूर्वभाग ७४।१)

अर्थात् “ब्रम्हाजीको आज्ञाअनुरूप विश्वकर्माले आफ्नो अधिकारक्षेत्रभित्र रहेर शिवलिड्डको निर्माण गरे ।” विश्वकर्मा प्राचीन कालका इञ्जिनीयर हुन् । उनले विभिन्न देवता एवं राजामहाराजाहरूका भव्य र विशाल राजभवन, सभाभवन, महलहरू बनाए । प्रविधिका पितामह भएकाले उद्योग, कलकारखाना आदिमा उनको तस्बिर वा मूर्तिमा पूजा गरिन्छ ।

चम्किलो, बलियो र भाव जगाउनेमा मूर्ति बनाउन थालियो । सबैभन्दा पहिले चारपाटा जलहरी भएको शिवलिङ्गलाई ब्रéाले पूजा गरे, जसलाई ब्रम्हशिवलिङ्ग भनियो । पहिलो मूर्तिपूजक ब्रम्हा र पूजिएको मूर्ति शिवलिड्ड हो । यसपछि महादेव, विष्णु, दुर्गा आदि देवीदेवताले शिवलिङ्गको पूजा गर्न थाले, उनीहरुको मूर्ति बनाएर ऋषि तथा सिद्धहरुले अनुष्ठान गर्न लागे । देवीदेवताहरूजस्तै ऋषि, सिद्ध र साधकहरुले विभिन्न पदार्थबाट बनेका अनेक स्वरूपका शिवलिड्डहरूमा पूजन गरे ।

शिवलिङ्गपछि निर्माण भएको ऐतिहासिक र प्राचीन मूर्तिको नाम अर्धनारीश्वर हो । मानव आकारमा बनेको पहिलो मूर्ति पनि अर्धनारीश्वर हो । योभन्दा पहिले प्राकृतिक रुपमा प्राप्त पदार्थमा पूजा गरिन्थ्यो । सृष्टिको प्रारम्भ प्रकृति र पुरुषको संयोगबाट भएको बुझाउन शिवलिङ्ग निर्माण गरियो । जलहरीले प्रकृतिलाई बुझाउँछ, लिङ्गले पुरुषलाई बताउँछ । यसलाई सरलरुपमा बुझाउन मानव आकारमा अर्धनारीश्वरको मूर्ति बनाइयो ।

अर्धनारीश्वरको मूर्तिमा महिला र पुरुषको मुखाकृति राखेर देवीदेवताको मूर्ति बनाउने बाटो खुलाइयो । सृष्टिको वर्णन, जीव विकासको व्याख्यान, प्रकृति र पुरुषको संयोजन बताउन अर्धनारीश्वरको मूर्तिमा आधा भागमा महिला र पुरुषको स्वरूप बनाइयो । अर्धनारीश्वर भन्नुपर्नेमा उच्चारण बिग्रिएर अर्धनारेश्वर भन्न थालियो । अर्धनारीश्वर मूर्तिले मौन रुपमा ब्रह्माण्डका रहस्य, मूर्ति र मानवको अन्तरसम्बन्धलाई संकेत गर्छ । सत्ता, सम्पत्ति, संस्कार र सन्तान चाहनेले तान्त्रिक विधिबाट अर्धनारीश्वरको पूजापाठ गर्छन् ।

उमामहेश्वरलाई कतिपयले अर्धनारीश्वर मान्दछन् । अर्धनारीश्वरमा पुरुष र महिलाको आधाआधा आकृति हुन्छ । अर्धनारीश्वरको मूर्तिमा महादेव र पार्वती, विष्णु र लक्ष्मी, इन्द्र र शची आदिमध्ये कसको स्वरुप हो एकीन गर्न सकिन्न । शिवलिड्डलाई व्याख्यान गर्न, सृष्टि र स्रष्टाको रहस्य बुझाउन, जगत् र जगदीश्वरलाई जान्न अर्धनारीश्वरको मूर्तिले सहयोग गर्छ । अर्धनारीश्वरको मूर्तिमा पुरुषले गलामा नाग, निकटमा नन्दी, कम्मरमा बाघको छाला लगाएको हुँदैन । अर्धनारीश्वरपछि उमामहेश्वरको मूर्ति बन्न पुग्यो ।

उमामहेश्वरको मूर्तिमा महादेवले आसन कसेर पार्वतीलाई काखमा लिई काँध, स्तन वा कम्मरमा हात राखेको देखिन्छ । तन्त्र र योग, महादेव र पार्वती, लय र मुक्तिलाई बुझाउन उमामहेश्वरको मूर्ति बनाइयो । मानिसले धनसम्पत्ति, सन्तान, इज्जत अनेक कमाउँछन्, आफन्त र परिवार बनाउँछन्, एक दिन नाटकझैँ छोडेर विलीन हुन्छन् । ईश्वरको सृष्टि सकिन लामो समय लाग्छ तर प्राणीको सृष्टि लगभग सय वर्षको हाराहारीमा सर्वनाश हुन्छ ।

- साभार


Gallery Image
Gallery Image
Gallery Image
Gallery Image
Gallery Image
Gallery Image
Gallery Image
Gallery Image

 

टिप्पणी र छलफल

वैदिकसनातनधर्मका अनुयायी, वेदलाई प्रमुख धार्मिकग्रन्थ मान्ने, तेत्तीसकोटी देवीदेवता, चौधलोक, चारयुग, त्रिदेव, पुनर्जन्ममाथि विश्वास गर्ने आर्यहरूलाई हिन्दू भनिन्छ । हिन्दूहरू कति पुराना हुन् भन्ने सम्बन्धमा विद्वान्हरूबीचमा मतैक्य छैन । ब्रह्माको मानस सृष्टिदेखि नै मानवको अस्तित्व देखिन्छ । यसतर्फ ध्यानै नदिईकन कतिले सिन्धुघाँटीको सभ्यतदेखि हिन्दूको बीजारोपण भएको बताउँछन् । कतिपयले प्राचीनकालदेखि नेपालमा बस्दै आएका आचार, विचार र संस्कारमा पक्का, नैतिकवान, मन्त्रद्रष्टा ऋषिमुनिहरूका सन्ततिलाई हिन्दू भनेका छन् । पाणिनिको धातुपाठमा हिडि धातु छ, जसबाट हिन्दू शब्द बन्दछ । पाणिनि कहाँ र कुन शताब्दिका थिए, त्यो खोजको विषय छ । केही विद्वान्हरूले पाणिनिको जन्मभूमि अर्घाखाँची जिल्लाको पणेना गाउँ बताएका छन् । आधुनिक वैज्ञानिकहरूल हिन्दूहरूको बसोबास प्राचीनकालदेखि एसिया महादेशमा रहेको बताउँछन् । कालीकोटको मान्मा र मनाङ मनुको साधनास्थल थियो । सत्ययुगमा महादेवले यही भूमिमा किरातरूप धारण गरे । त्रेतायुगमा राजा जनकको ज्ञान प्रचार क्षेत्र, द्वापरयुगमा अर्जुनको साधनास्थल, कलियुगमा गौतम बुद्धको जन्म यही भूमिमा भयो । रावणदेखि वाल्मीकिसम्म, परशुरामदेखि मञ्जुश्री सम्मले यही भूमिलाई आश्रयस्थल बनाएका थिए । सीता, पार्वती यही भूमिका उपज हुन् । हजारौँ यस्ता देवीदेवता, ऋषिमुनि, महापुरुष आदिले यो भूमिलाई जन्म र कर्मस्थल बनाएका प्रमाण शास्त्रमा सर्वत्र पाइन्छन् । आदिमकालदेखि नेपालमा देवीदेवता, ऋषिमुनिका सन्ततिबाहेक अरु कुनै मानिसको बसोबासै थिएन । अहिले गुफा, नदी किनारा आदिमा फेला परेका मानव हड्डी रामापिथेकस, नियन्डरथल आदि मानवको होइन ऋषिमुनि र महापुरुषहरूका हुन् । सृष्टिको दोस्रो परार्धको कलियुगसम्म आइपुग्दा कैयौँ अरब वर्ष बितिसकेका छन् । थेप्चो र चुच्चो नाकलाई आधार बनाएर कसैले डलर कमाऊन् वा राजनीतिक स्वार्थ पुरा गरून् तर एउटै पुर्खाका सन्ततिलाई जाति र जनजातिमा विभाजन नगरून्, हिन्दूहरू शरणार्थी हुन् भनेर सत्यतथ्य इतिहास, गौरव र गरिमालाई नबेचून् । प्राचीनकालदेखि बस्दै आएका किरात परिवार हुन् वा ब्राह्मण परिवार सबै हिन्दू थिए । किरातहरूले पारुहाङ मान्नु र सनातनीहरूले महादेवलाई पूज्नु एउटै कुरा हो । किराँतहरूले पूज्ने सुम्निमा र हिन्दूहरूले पूज्ने जगन्माता पार्वतीमा के कहाँ अन्तर छ ? नेपालका प्रत्येक पत्थरहरू

हिन्दूहरू जाति जनजाति वा आदिबासी ?

हिन्दु जागरण नेपाललको  प्रकाशित पुस्तिकाहरू
05 Dec 2023
हिन्दु जागरण नेपाललको प्रकाशित पुस्तिकाहरू

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…

  थप पढ्नुहोस्
हिन्दु जागरण नेपालको महत्त्व
05 Dec 2023
हिन्दु जागरण नेपालको महत्त्व

हिन्दु जागरण नेपाल नेपालमा हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय एक सामाजिक–धार्मिक संगठन हो। यसको महत्त्व निम्न बुँदामा बुझ्न सकिन्छ: १.

  थप पढ्नुहोस्
पुराणको महत्व
05 Dec 2023
पुराणको महत्व

पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…

  थप पढ्नुहोस्