जबरजस्ती धर्मपरिवर्तन गर्नु येशुको आर्दश विपरित

जबरजस्ती धर्मपरिवर्तन गर्नु येशुको आर्दश विपरित

 

म्याग्दी– धर्म जवरजस्ती परिवर्तन गर्नु क्रिश्चियन धर्मका संस्थापक येशुको आर्दश विपरित भएको म्याग्दीका क्रिश्चियन धर्मावलम्बीले बताएका छन्। केही स्वार्थी समूहले पवित्र धर्मलाई बदनाम गरी आर्थिक लाभका लागि धर्मकै बदनाम गरेको बताएका थिए। येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा बेनीमा रहेको ओपिआई ग्रेस चर्चले आयोजना गरेको शुझकामना आदानप्रदान कार्यक्रममा पैसा तथा अन्य प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु नै अपराध भएको बताएका थिए। ‘ब्यक्तिगत इच्छाले नै यशुको मन्दिरमा प्रवेश गर्नुपर्छ, ‘उहाँले धनले होईन इच्छाशक्तीबाटै आउनुहुन्छ’ ओपिआई ग्रेस चर्च म्याग्दीका प्रमुख पिटर थापाले भने। उनका अनुसार म्याग्दीमा आफ्नो चर्चबाट आर्कषित गर्न एक रुपैयाँ पनि खर्च नगरिएको बताए।

विश्वभर आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेर मानव समुदायका लागि पु-याएको योगदानको सम्मान प्रलोभनबाट नहुने बताए। जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको अवस्थामा थापाले यस्तो बताएका हुन्। बेनीबजारको गणेशटोलमा आयोजित कार्यक्रममा नक्कली किश्चियनले मात्रै धनको लोभमा धर्म परिवर्तन गराउने बताउँदै विश्वभर यशु अर्थात जिजस क्राइष्टको आर्दशप्रतिको लोकप्रियता बढ्दै गएको बताए।

धर्मको नाममा ब्यापार तथा कमाउने गतिविधिमा संलग्नहरुलाई पहिचान गर्न समेत उनले अनुरोध गरे। चर्चमा स्थानीय तथा विभिन्न जिल्लाबाट आएका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। ओपिआई ग्रेस चर्चले विगतमा बेनी अस्पतालमा करिव ४० हजार बरारबको वासिङ मेसिन, बेनीबजार आसपासका क्षेत्रमा सरसफाई सहित विविध कार्यक्रम गरेको थियो। यसैबीच जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा क्रिसमसको अवसरमा बालविकास केन्द्रमा अध्ययरत विद्यार्थीलाई ‘क्रिसमस ट्री’ लगायतका सजावट, खेलकुद, नृत्यले आर्कषित गरिएको थियो।

साभार

Nagarik News


Gallery Image

 

टिप्पणी र छलफल

वैदिकसनातनधर्मका अनुयायी, वेदलाई प्रमुख धार्मिकग्रन्थ मान्ने, तेत्तीसकोटी देवीदेवता, चौधलोक, चारयुग, त्रिदेव, पुनर्जन्ममाथि विश्वास गर्ने आर्यहरूलाई हिन्दू भनिन्छ । हिन्दूहरू कति पुराना हुन् भन्ने सम्बन्धमा विद्वान्हरूबीचमा मतैक्य छैन । ब्रह्माको मानस सृष्टिदेखि नै मानवको अस्तित्व देखिन्छ । यसतर्फ ध्यानै नदिईकन कतिले सिन्धुघाँटीको सभ्यतदेखि हिन्दूको बीजारोपण भएको बताउँछन् । कतिपयले प्राचीनकालदेखि नेपालमा बस्दै आएका आचार, विचार र संस्कारमा पक्का, नैतिकवान, मन्त्रद्रष्टा ऋषिमुनिहरूका सन्ततिलाई हिन्दू भनेका छन् । पाणिनिको धातुपाठमा हिडि धातु छ, जसबाट हिन्दू शब्द बन्दछ । पाणिनि कहाँ र कुन शताब्दिका थिए, त्यो खोजको विषय छ । केही विद्वान्हरूले पाणिनिको जन्मभूमि अर्घाखाँची जिल्लाको पणेना गाउँ बताएका छन् । आधुनिक वैज्ञानिकहरूल हिन्दूहरूको बसोबास प्राचीनकालदेखि एसिया महादेशमा रहेको बताउँछन् । कालीकोटको मान्मा र मनाङ मनुको साधनास्थल थियो । सत्ययुगमा महादेवले यही भूमिमा किरातरूप धारण गरे । त्रेतायुगमा राजा जनकको ज्ञान प्रचार क्षेत्र, द्वापरयुगमा अर्जुनको साधनास्थल, कलियुगमा गौतम बुद्धको जन्म यही भूमिमा भयो । रावणदेखि वाल्मीकिसम्म, परशुरामदेखि मञ्जुश्री सम्मले यही भूमिलाई आश्रयस्थल बनाएका थिए । सीता, पार्वती यही भूमिका उपज हुन् । हजारौँ यस्ता देवीदेवता, ऋषिमुनि, महापुरुष आदिले यो भूमिलाई जन्म र कर्मस्थल बनाएका प्रमाण शास्त्रमा सर्वत्र पाइन्छन् । आदिमकालदेखि नेपालमा देवीदेवता, ऋषिमुनिका सन्ततिबाहेक अरु कुनै मानिसको बसोबासै थिएन । अहिले गुफा, नदी किनारा आदिमा फेला परेका मानव हड्डी रामापिथेकस, नियन्डरथल आदि मानवको होइन ऋषिमुनि र महापुरुषहरूका हुन् । सृष्टिको दोस्रो परार्धको कलियुगसम्म आइपुग्दा कैयौँ अरब वर्ष बितिसकेका छन् । थेप्चो र चुच्चो नाकलाई आधार बनाएर कसैले डलर कमाऊन् वा राजनीतिक स्वार्थ पुरा गरून् तर एउटै पुर्खाका सन्ततिलाई जाति र जनजातिमा विभाजन नगरून्, हिन्दूहरू शरणार्थी हुन् भनेर सत्यतथ्य इतिहास, गौरव र गरिमालाई नबेचून् । प्राचीनकालदेखि बस्दै आएका किरात परिवार हुन् वा ब्राह्मण परिवार सबै हिन्दू थिए । किरातहरूले पारुहाङ मान्नु र सनातनीहरूले महादेवलाई पूज्नु एउटै कुरा हो । किराँतहरूले पूज्ने सुम्निमा र हिन्दूहरूले पूज्ने जगन्माता पार्वतीमा के कहाँ अन्तर छ ? नेपालका प्रत्येक पत्थरहरू

हिन्दूहरू जाति जनजाति वा आदिबासी ?

हिन्दु जागरण नेपाललको  प्रकाशित पुस्तिकाहरू
05 Dec 2023
हिन्दु जागरण नेपाललको प्रकाशित पुस्तिकाहरू

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…

  थप पढ्नुहोस्
हिन्दु जागरण नेपालको महत्त्व
05 Dec 2023
हिन्दु जागरण नेपालको महत्त्व

हिन्दु जागरण नेपाल नेपालमा हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय एक सामाजिक–धार्मिक संगठन हो। यसको महत्त्व निम्न बुँदामा बुझ्न सकिन्छ: १.

  थप पढ्नुहोस्
पुराणको महत्व
05 Dec 2023
पुराणको महत्व

पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…

  थप पढ्नुहोस्