गैर सरकारी संस्था – नेपालमा भित्रिएका गैर सरकारी संस्थाहरुको मूल उद्देश्य यहाँको जनसास्कृतिक भावनालाई क्रमश पश्चिमा सोच तर्फ सुझाउन समाज सेवाको नाममा लामो समयको कृयाशिलताको परिणामले नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन सहज भएको हो । समाजमा सेवा दिने काम सरकारको हो तर पश्चिमा राष्ट्रको आर्थिक सहयोग लिई समाज सेवा दिने यस्ता संस्थाको आपसी संजाल (Network) एक प्रकारको समानन्तर सरकार जस्तै हो जस्को उद्देश्य सरकार कमजोर तुल्याउनु हो ।
बहुमत माथि खेलबाड – कुनै पनि देशमा राजनैतिक, सामाजिक अराजकता उदय गराउनु छ भने बहुमतको जमातलाई निस्तेज पार्नु पर्ने सिद्धान्त मुताविक नेपालका बहुसंख्यक हिन्दुको मूलजरा उखेल्नु समाजमा अस्थिरता, अशान्ति र द्वन्द्वको बीजारोपण गरी देशलाई अनिर्णय र अन्योल तर्फ धकेल्नु हो । प्रजातन्त्र, लोकतन्त्रमा बुहमतको कदर हुन्छ । तर प्रजातन्त्र पश्चिमाको लागि खोल मात्र हो भनि यस घटनाले आम नेपालीलाई पाठ सिकाएको छ ।
जातीय गृहयुद्धको बीजारोपण – एक्काइसौ सताब्दीमा नेपालमा जातियताको तुष रोपेर पश्चिमा राष्ट्रले राजनैतिक पकड पाउन र इसाइत्वले चर्चको लागि खेति थन्काउने सजिलो विधि अपनाएको देखियो ।
नयाँ शिक्षाको फल– हिन्दु धर्म संस्कृति विरोधि नयाँशिक्षा लागु हुुनु नेपालमा गुलामी संस्कारको उदय हुनु हो । यस शिक्षाले राजनितिलाई पनि गहिरो ढङ्गले प्रभावित पारेको छ । यसैको अर्को परिणाम हो नेपाल धर्मनिरपेक्ष मुलुक बन्नु । वि.सं. २०२८ सालमा तत्कालीन पञ्चायती व्यवस्थाद्वारा विकासे शिक्षा नयाँशिक्षा षडयन्त्रपूर्वक लादीएको थियो । गाई खाने शिक्षा भनि योगी नरहरी नाथले विरोध गर्दा उनिलाई छ महिना जेलमा राखियो । यो शिक्षा लागू गराउन तत्कालीन समयमा विभिन्न ओहदामा रहेका व्यक्तित्वहरुलाई ठूलो धनराशी बाँडिएको र उच्च कुटनैतिक अभ्यास गरिएको थियो । यस नयाँ शिक्षाले हिन्दुवादी भावनालाई कमजोर तुल्याएको छ । पछिल्ला पिढिले (यहि शिक्षाका कारण) नेपाल धर्म निरपेक्षता भएकोमा पनि सहजरुपमा पचाई रहेका छन् ।
शिवालयबाट वेश्यालय तर्फ – नेपाल भगवान शिवको तपोभूमिको हो । प्राचीन एवं पौराणीककाल देखि यो भूमि ऋषिमुनिहरुको साधना गर्ने थलोको रुपमा सुपरिचित छ । स्वतन्त्रता र स्वछन्दताका नाममा आज यहाँ भारत, पाकिस्तान, तिब्बत, दुवई लगायतका राष्ट्रमा यौनकर्मीका नेपाली चेलिहरु रुपमा बेचिन्छन् । देशभित्रका नारीले सम्मानित पेशागर्ने संस्कार र अवसर चुकाउदै क्याविन रेष्टुराँ, डान्सबार, मसाज सेन्टर, भट्टिपसल र वेश्यावृत्ति, जस्ता कार्यमा संलग्न हुनु यहाँ पश्चिमा संस्कृति, पर्यटन,आधुनिकता र स्वच्छन्दताले जरो गाडेको अवस्था हो । नेपालमा एड्स रोग तीब्र गतिमा बढि रहेको छ । यहाँको मौलिक संस्कार मास्ने प्रक्रियाको तीव्रताले गर्दा यस्ता दुष्परिणाम निम्तिएका हुन् । जुन देशमा नारीको संस्कार सम्मानजनक हुँदैन, त्यस देशमा भावीपुस्ता पतन उन्मुख हुन्छन् । तसर्थ नारीलाई सास्कृतिक अग्रअधिकार दिलाई धार्मिक पथमा उभिप्रेरित गरी राष्ट्रिय उत्थान गर्नु पर्ने देखिन्छ । यहाँको विकृतिपूर्ण संस्कारका कारण धार्मिकताको जरा सुक्ने क्रम बढ्दो छ ।
पर्यटन उद्योग कि कृषिसंस्कृति ?– पर्यटन उद्योगमा मुठ्ठीभर व्यक्तिले मात्र आफ्नो उन्नति गरेका हुन्छन् । बाँकी जनताको जिवनस्तर अत्यन्त न्यून रहन्छ । पर्यटनको ठूलो झ्याली सरकारले पिटाए पनि नेपाली जनताका छोराछोरीले गर्ने काम भनेको जुठो भाडो ओसार्ने, विस्तरा मिलाउने, खाना ओसार्ने, चौकिदारी गर्ने, तरकारी काट्ने, भूई पुछ्ने, ट्वाईलेट बाथरुम सफा गर्ने, भरिया (porter/coolie) बन्ने आदि इत्यादि नै हो । विदेशी यहाँ आएर मोज मस्ती गर्छन् । नेपालीका छोराछोरीको जीवनस्तर चाँहि त्यही निकृष्टै रहन्छ । तुच्छ काम गरेर दुई पैसा हात त पर्ला तर त्यसले अन्ततः जीवनमा ओरालो गति नै दिन्छ । गाँउमा कुनै विकास छैन । थोरै विकास भएको स्थान शहर हो । विश्वको जलश्रोतमा दोस्रो धनि राष्ट्र भएपनि शहरका जनताले आज पानी पिउन पाएका पाएका छैनन् । राजधानी काठमाण्डौ त काकाकूल नै छ । के यसैलाई विकास भन्ने ? पर्यटन उद्योगले नेपालीको गौरबलाई पैतालामुनि दबाई राख्छ । तर कृषि संस्कृतिले नेपालीलाई यथार्थ रुपमा स्वावलम्बन प्रदान गर्दछ । हिन्दुहरुका अधिकांश धर्म संस्कृति कृषिसँग सम्बन्धित छन् । कृषि संस्कृतिले नै हाम्रो मौलिता र परम्परा जोगाउँदै आएको छ । कृषि संस्कृति नेपालको हजारौ वर्ष पुरानो छ । वुद्धका पिता राजा शुद्धोधनले पनि हलो जोतेका थिए । उस बाले “हलो महत्सव” हुन्थ्यो । राजाले सुनको हलोले जत्ने काम बडो धुमधामसँग मनाईन्थ्यो । असार पन्ध्र त्यहि संस्कृतिको निरन्तरता हो । (उक्त हलो महोत्सवको क्षणमा पाँचवर्ष बालक सिद्धार्थ जम्मुको रुख मुनि ध्यान गर्दा जमिन छोडेर केहि हात जमिन माथि शरीर उठेको (Levitation) प्रसङ्ग छ ।) कृषि परम्पराले गोवंशको रक्षा गर्छ । तर पर्यटन उद्योगले गोमांश भक्षण गर्ने विकृतिको विकास गर्दछ । आज नेपालमा लागू पदार्थ दूव्र्यसन र बेचविखन, मदिरा उद्योग, वेश्यावृत्ति, तस्करी, अपराध, आदि अनेकौ समस्या वृद्धि भै रहेका छन् ।यस्को कारण पर्यटन को प्रभाव पनि हो । मूलतः नेपाल कृषि प्रधान देश हो । यहाँका ९० % भन्दा बढि मानिस कृषिमा निर्भर छन् । तसर्थ नेपालको भविष्य कृषिमुखि अर्थतन्त्रबाट मात्र बन्ने सम्भव देखिन्छ । पर्यटनले अधिक विकृति मात्र निम्त्याउँदै छ ।
नेपाली जनताले यो कुरा अझै बुझेका छैनन् कि पर्यटन उद्योगमा नेपाल अलमलिनु भनेकै गुलामी राष्ट्र बन्नु हो । नेपाल र नेपाली जनता भित्रभित्रै खोक्रिदै छन् । यहाँको धर्म संस्कृतिलाई पर्यटन व्यवसाय र पैसावादी मनोवृत्तिले विस्थापित गरिरहेको छ । विकृतिको जालो तीव्र गतिमा बढि रहेको छ । नेपालीको आपसी सद्भाव समाप्त भई पैसा र गोरो छाला प्रतिको आशक्ति निकै बढ्दो छ ।
प्रभावहीन हिन्दुवादी आन्दोलन – हिन्दुहरुको आपसी फुटबाट धर्मनिरपेक्षवादी शक्ति लाई मलजल मिलेको छ । संगठित हिन्दुलाई फुटाउने उनिहरुको षडयन्त्र आपसी एकताको अभावमा सफल हुन गएको छ । भावनात्मक रुपमा हिन्दुहरको बलियो एकता नहुनु,अभ्यास, उद्देश्य, कार्यदिशा र रणनितिको सदाअभाव हुनु हो । “संघे शक्ति कलौ युगे” भनि शास्त्रले उल्लेख गरेको मर्म हिन्दुले अझै पनि आत्मसात् गरेका छैनन् । संगठनको शक्ति अझै विकसीत भै सकेको छैन । कोरा हिन्दु राष्ट्रको माग मात्र पनि अर्थहीन छ । हिन्दुराष्ट्रमा हुनुपर्ने सर्वाङ्गीण विकासका लागि शिक्षानिति, प्रविधि, स्वास्थ्य नीति, राजनैतिक मुद्दा, विदेश नीति, अर्थनीति, न्याय आदि क्षेत्रमा स्पष्ट धारण नहुन अर्को असफलता हो ।
सम्पूर्ण वर्गीय संगठन लगायत सूक्ष्म विभागीय इकाईबाट धार्मिक – राजनैतिक शक्तिको विकास गराउन नसक्नु पनि असफलताको अर्को कारण हो । हिन्दुराष्ट्र नरहेपनि हामीले पूजाआजा र धार्मिक गतिविधि गर्न पाउँछौ भनि अल्पसोच लिई भविष्यमा ठूलो दुर्घटना र अनिश्चितकालीन द्वन्द्व र अशान्तिबारे महसूुस गर्न नसक्नु नेपाली जनताको अर्को दुर्भाग्य हो । आफ्ना भावी पुस्ताको सुनिश्चित भविष्य बारे वास्ता नहुनु ठूलो कमजोरी हो । आफ्नो जीवन जसोतसो निति गयो । तसर्थ भविष्यको किन चिन्ता गर्नु प¥यो भनि आत्मकेन्द्रित सोचले पनि हिन्दु समाज ग्रसित छ । हिन्दु धर्मावलम्बीहरुमा लोभलालचको भावना अधिक हुनु र धर्मको लागि निस्वार्थ दान र सेवा गर्न नसक्नु नै संगठित शक्तिको उदय हुने कार्य असफल बन्नु हो । समाजको लागि विशेष गरि धर्मको लागि हिन्दु जनता अझै जाग्नु पर्ने देखिन्छ । भौतिक सुख सुविधाको दौडअधिक हुनु, धर्ममा कर्म न्यून हुनु नै हिन्दु सांगठनिक संरचनामा बल नपुग्नु हो । भावनात्मक र वैचारिक हिन्दुत्वको अभियान नहुनु हिन्दु संगठनको मुख्य कमजोरि हो ।
जातीय गृहयुद्धको बीजारोपण – नेपालीभूमिका यहाँको मौलिक धर्म संस्कृति र जातिय सद्भाव एवं एकता समाप्त पार्न पश्चिमा शक्तिले जातीय राजनितिको विजारोपन गरेको कुरा अझ सम्म स्पष्ट रुपले जनताले नबुझ्नु अर्को दुर्भाग्य हो । जातीय द्वन्द्व चर्केका प्राय सबै मुलुक विनाशको बाटोतर्फ अग्रसर छन् । “फुटाऊ र राज” गर नितिको प्रयोग मार्फत यहाँका सबै जातीलाई आफ्नो कठपुतलि बनाई धर्मान्तरण कार्य तिव्र गराउन यसप्रकारको हस्तक्षेप भएको छ । हाईटी, कङ्गो, ईराक आदि मोडलमा नेपाललाई अल्झाएर यहाँका जनतालाई समाप्त पार्न आपसी नरसंहारको सूत्र बीजारोपण गर्ने कार्यद्वारा उनिहरुको हितलो हिन्दु नै हिन्दुलाई कमजोर तुल्याउँछ । यस कुराप्रति जनता सचेत नहुनु दुःखको कुरा हो ।
जातीय र धार्मिक सहिष्णुतामा र शान्तिमा संसार मै अनुपम उदाहरणका रुपमा नेपाल एकमात्र हिन्दुराष्ट्र थियो । नेपाल हिन्दुराष्ट्र रहेको हुनाले यो सम्भव भएको थियो । सङ्लो पानी धमिलो बनाई माछा मार्ने खेलको सूत्र नै जातीय राजनीति हो । धर्म निरपेक्ष गरि अराजक स्थितिको फाईदा लिई विदेशी चलखेल बढाउने मनसायबाट आजको नेपाल पीडित छ ।
विश्व सम्पदा – हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर (एंव पशुपति क्षेत्र) विश्व सम्पदामा राखिएको छ । सुन्दा राम्रो तर यसभित्रको अँध्यारो भविष्यबारे हामी अनभिज्ञ छौ । संयुक्त राष्ट्रसंघको युनिफेफ (UNICEF) विभागलाई यसको स्वामित्व प्राप्त हुनुको अर्थ हिन्दुको आफ्नो अधिकार एवं स्वामित्वबाट यी सम्पदाहरु अलग भई संयुक्त राष्ट्रसंघले घुमाउरो कब्जा गर्नु हो भन्ने टीका टिप्पणी सुनिने गरिन्छ ।
यस्ता विविध कारणले गर्दा हिन्दुमा एकता, शक्ति, पहुँच, चेनताको वृद्धि हुन सकेको छैन ।
आस्थामा सीमित – सनातन वैदिक हिन्दु धर्म आस्था र दर्शनमा मात्र सिमित हुनु, धर्मको विज्ञान, व्यवहारिकता, मनोविज्ञान र जिवनउपयोगी प्रत्यक्ष प्रयोग, व्यवसायीकता (sustainability) जस्ता क्षेत्रको विकास नहुनु नै धर्मका अङ्गहरु कमजोर बन्नु हो । कृषि , खानपान, निर्माण (वास्तुविज्ञान) भाषा, स्वास्थ्य, शिक्षा, विज्ञान, प्रविधि, सहित्य कला, न्याय, अर्थतन्त्र, राजनिति, सहकारिता, आदि क्षेत्रमा धर्म र सस्कृतिलाई अलग राख्नु नै धर्मलाई अपाङ्ग बनाउनु हो । धर्मलाई सपाङ्ग बनाउने संस्कृतिको विकास भएमा यसमा पुनर्जीवन आउने छ । अन्य भन्दा फरक, हिन्दु धर्म र दर्शन साम्प्रदायिक नभै यो बैज्ञानिक र व्यवहारवादी छ । यस्को बोध हुनुपर्छ । तर सो भएको छैन ।
सहिष्णुतावादलाई अतिवादी विल्ला – गीता जस्तो सहिष्णुवादी ग्रन्थलाई विगतमा अतिवादीहरुले भ्रम फैलाउन गरको प्रयास विफल भएको छ । तथापी यस्ता क्रम भविष्यमा अरु चल्ने छन् । विश्वभरिका विद्वान, दार्शनिक, बैज्ञानिक आदिले श्रीमद्भगवद्गीताग्रन्थलाई उच्च सम्मानको दृष्टिले हेर्दछन् । वर्तमान संसारका लागी श्रीमद्भगवद्गीता सर्वश्रेष्ठ ग्रन्थ सावित छ । श्रीमद्भगवद्गीताको उपदेश धारण गर्ने व्यक्ति अहिंसावादी बन्दछ, सबै प्रति सहिष्णुताको भावना अभिव्यक्त गर्दछ । यस्तो ग्रन्थलाई अतिवादी भनि मुद्दा दायर गर्नु श्रीमद्भगवद्गीताको अपमान गरि विश्वभरिका सहिषणुवादी र उदार हिन्दुलाई अतिवादी भनि सुनियोजित रुपमा बदनाम गराउनु हो । आफ्नो धर्ममा निष्ठा राख्नेलाई आज अतिवादी भनिन्छ भने भोली आतङ्ककारी भनी हिन्दुलाई समाप्त पार्न सुनियोजित योजना पनि बुन्न सक्छन् । रुसमा गरिएको यस प्रकारको दुस्प्रयासको विरुद्ध भारत लगायत विश्वभरिका हिन्दुहरुले संगठित रुपमा आवाज उठाए, तर नेपालमा यसकार्यको प्रतिरोधमा दुई तीनवटा संस्थाले गरेको प्रयास बाहेक अन्य हिन्दु जमात मौन रहनु ८१% प्रतिशत हिन्दु रहेको राष्ट्रकै बदनाम हो । यसले यहि साबित गर्छ कि वर्तमान समयमा नेपाली हिन्दु जनतामा नाममात्रको आस्था रहेछ । यथार्थश्रद्धाको अभाव देखियो । यस्ता संवदनशील परिस्थितिमा हिन्दुहरु जागृत भै संगठित हुन सकेमा देशमा हिन्दुवादी भावना सबल हुनेछ । तर व्यवहारमा यस्तो भएको पाईएको छैन ।
हिन्दु चेतना सम्बन्धि प्रयास – हिन्दु समाजप्रति अत्याचारका श्रृंखलाहरु हुँदा पनि सहनशीलताको अभ्यास भएकै हो । यद्यपि यस्ता पीडाजनक अनुभवबारे चेतनाको विस्तार पनि विगतमा भै रहेको छ, जसबारे धेरैलाई थाहा छैन । अश्लिल चलचित्रमात्र बढि लोकप्रिय हुने हाम्रो समाजमा पिडित हिन्दु जाती प्रति भएका दमन र षडयन्त्रमा ऐतिहासीक चलचित्रहरु पनि प्रशस्तै छन् । हिन्दु गौरव,हिन्दुत्व सम्बन्धी विचार पुनः जागृत गराउने खालका यस्ता चलचित्रहरु पनि बजारमा उपलब्ध छन् । हिन्दुवादी चेतना अभियानका लागी यस्ता सामग्री उपयोगी छन् । उदाहरण स्वरुप ः–
लगान – अमिरखान र रानी मुखर्जी अभिनित यस चलचित्रमा औपनिवेश्कालीन भारतमा गरिब हिन्दु समुदाय प्रति लक्षित लगान (tax) कर बारे सम्बोधन गरिएको छ । उक्ताचलचित्र सबै वर्ग र उमेरका लागि मनोरञ्जक छ ।
मंगल पाण्डे – भनिन्छ अमिर खानले यस चलचित्रका लागि साँच्चैको जँुगा पालेका थिए । यस चलचित्रमा तत्कालिन ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारले हिन्दु र मुसलमान जाती प्रति गरेको अत्याचार बारे रहेको छ । मुसलमानका लागि बंगुर सुंगुर अपवित्र मानिन्छ । हिन्दुहरुका लागि गाई पवित्र प्राणी हो । अंग्रेज सरकारका सिपाही (Sepoy) का रुपमा भर्ना गरिएका हिन्दु र मुसलमान जातीलाई दूषित पार्न सुनियोजित रुपमा (गोप्य ढङ्गले) दाँतले टोकेर बन्दुकमा भरिने कार्तुसमा गाई र बंगुरको बोसोको प्रयोग गरिएको सन्दर्भ पनि यहाँ रहेको छ । यस अतिरिक्त भारतीयहरुलाई प्रयोग गरि जलियावालबाघमा विद्रोहि भारतीहरुलाई अंग्रेजको निर्देशनमा सामुहिक रुपमा नरसंहार गरिएको घटना लगायत तत्कालीन चीनिया जनता र शासकलाई कमजोर बनाउन भारतमा अफिम खेति गरि चीनमा बजार गर्ने षडयन्त्र बारे पनि यहाँ देखाईएको छ । जनताका लागी हानीकारक बुझेर चिनिया सरकारले उक्त अफिम व्यापार इन्कार गर्दा यस निर्णयको विरुद्ध अंग्रेज सरकारले गरेको युद्ध घोषणा बारे पनि यहाँ सन्दर्भ कोट्याईएको छ ।
अंग्रेजका बालकलाई आफ्नो दुध चुसाई रित्ता भएका आमाका भोका शिशु तथा अफिमको कुलतमा फसेका वृद्धाका दृश्य आदि मार्मिक ढङ्गले यहाँ देखाईएको छ ।
विद्रोही मंगल पाण्डेको ऐतिहासिक पक्ष र पृष्ठभूमिलाई लिएर बनाईएको उक्त चलचित्र अत्यन्त उत्कृष्ट छ ।
वीर – सलमान खान अभिनित उक्त चलचित्रमा आधुनिक पाश्चात्य सोच द्वारा पीडित वर्गले सरल मानसिकता र स्वाभिमानको वीरता बारे रहेको छ ।
हिमालमा आगो – उक्त नेपाली चलचित्रमा सरल नेपाली जनता माझ जालझेल गरी धर्मपरिवर्तन गरेको सन्दर्भलाई लिएर बनाईएको छ । पैसा, जागीर विवाह आदि प्रलोभन देखाई नेपाली चेलिवेटिको यौनशोषणको प्रयासबारे प्रसङ्ग पनि यहाँ समावेश छन् ।
यसै गरि अमिताभ बचन अभिनित पुरानो हिन्दी चलचित्र क्रान्ति लगायत अभिषेक बच्चन अभिनीत “खेलोगे हम जाने मे” पनि यस्तै धारमा बनेको देखिन्छ ।
अंग्रेजी चलचित्रहरुबाट पनि हृदय विदारक कथा र दृश्यहरु हेर्न र बुझ्न सकिन्छ ।
Full Metal Jacket (Born to kill)– इसाईत्व द्वारा अभिप्रेरित यो चलचित्र सैन्य तालीमबारे रहेको छ । उक्त चलचित्र भियतनाम युद्धको समीक्षामा बनाईएको देखिन्छ ।
Wolves of Palestine नामक चलचित्र मध्यपूर्वमा भएको तेल राजनीति, पश्चिमाको युद्ध र अपराधसँग सम्बन्धित छ ।
Hotel Rwanda नामक चलचित्र मार्फत अफ्रिकी राष्ट्रमा सुनियोजित रुपमा गराईएको जातीय विखण्डनपछि पूर्वसमयमा मिलेर बसेका Hutsu र Tutsi को नरसंहार बारे रहेको छ ।
नेपाली समाजमा उच्छृङ्खल चलचित्रको सट्टा यस्ता ऐतिहासिक तथ्यमा आधारित चलचित्र लोकप्रिय भएमा संस्कृति प्रति जनताको बुझाईमा सकरात्मक परिवर्तन आउने छ । अहिले नेपाली चलचित्र अर्ध ब्लूफिल्म जस्ता छाडापना र स्वच्छन्दता तर्फ लम्कने विकृतिपूर्ण छन् । यस विषयमा गहिरो अध्ययन गर्न सकिन्छ ।
अतिक्रमित तीर्थ – नेपालमा महत्वपूर्ण तीर्थमा व्यापार, आधुनिकता र इसाइत्व जस्ता गतिविधिले क्रमश अतिक्रमित हुँदै गएको छ । यसले नेपालका ती आदि दैविक शक्ति एवं तीर्थको तेज ह्रास गराँउदै गएको छ ।
.——बोधिसत्व
अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…
थप पढ्नुहोस्
हिन्दु जागरण नेपाल नेपालमा हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय एक सामाजिक–धार्मिक संगठन हो। यसको महत्त्व निम्न बुँदामा बुझ्न सकिन्छ: १.
थप पढ्नुहोस्
पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…
थप पढ्नुहोस्