सदा भाव इति सनातन: . अनादिकालदेखि अनन्त काल सम्म चलिरहने प्रक्रिया नै सनातन हो . सनातन रूपमा सनातनीय शैलीले यो विश्व ब्रह्माण्डलाई निश्चित सिद्धान्त द्वारा चल्ने र चलाइने पद्धति हो सनातन . त्यति मात्र नभई सनातन परमेश्वरको नै नाम हो . तसर्थ परब्रह्म परमात्मा बाट जीव जगतको कल्याणको लागि ज्ञानको भण्डार स्वरूप वेद पनि भगवानको वाङ्मय स्वरूप हो | त्यहि वेदका अर्थहरू सहज तरीकाले कलियुगमा बुझ्न सक्दैनन् भनेर वेदार्थलाई सहजीकरण गरि महर्षि वेदव्यासज्युले १८ पुराणको व्याख्या गर्नु भएको हो , व्यस्यति वेदान् इति व्यास: | वेदको मन्त्र उच्चारणमा कठिनता पनि छ भने अर्थ बुझ्न त झनै कठिन रहदै आएको छ . केवल अरुले गरेको अनुवादको भरमा वेदको गूढ़ार्थ बुझ्न सकिदैन | त्यसैले महर्षि वेदव्यासज्युले पुराणहरुको संरचना गरेर वेदको अर्थलाई बृहदीकरण गर्नुभएको छ . केवल पुराणलाइ अध्ययन र मनन गर्ने हो तथा पालन गर्ने हो भने जीवनमा छुट्टै प्रकारको आनन्द एवं ज्ञान हुन्छ | हामि सनातनीले पुराणको पठन गर्नु नै पर्छ . यसले यो लोक र परलोकको यात्रालाई सहज तुल्याउदछ .
पुराणहरुमा के कति श्लोक संख्या छन् सो बारेमा हामि सबैलाई जानकारी हुनु आवश्यक पनि छ .
१. ब्रह्म पुराण, श्लोक संख्या – १०,०००
२. पद्म पुराण, श्लोक संख्या – ५५,०००
३. विष्णु पुराण, श्लोक संख्या – २३,०००
४. शिव पुराण, श्लोक संख्या – २४,०००
५. भविष्य पुराण, श्लोक संख्या – १४,५००
६. लिङ्ग पुराण, श्लोक संख्या – ११,०००
७. स्कन्द पुराण, श्लोक संख्या – ८१,०००
८. वामन पुराण, श्लोक संख्या – १०,०००
९. ब्रह्माण्ड पुराण, श्लोक संख्या – १२,०००
१०. भागवत पुराण, श्लोक संख्या – १८,०००
११. नारद पुराण, श्लोक संख्या – २५,०००
१२. मार्कण्डेय पुराण, श्लोक संख्या – ९,०००
१३. अग्नि पुराण, श्लोक संख्या – ५,४००
१४. ब्रह्मवैवर्त पुराण, श्लोक संख्या – १८,०००
१५. वराह पुराण, श्लोक संख्या – २४,०००
१६. कूर्म पुराण, श्लोक संख्या – १७,०००
१७. मत्स्य पुराण, श्लोक संख्या – १४,०००
१८. गरुड पुराण, श्लोक संख्या – १९,०००